News & Events

Image

सहकारी मैत्री भएमा जनताको मन जित्न सकिने

प्रदेश तथा स्थानीय सहकारी ऐन, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सरोकारवालाहरूवीच समन्वय र सहकार्य विषयमा प्रदेश नं . ५ को प्रादेशिक गोष्ठीमा भएको प्यानल छलफलमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले सहकारी मैत्री भएमा स्थानीय समुदायको मन जित्न सकिने कुरा गरेका छन् ।

प्यानल छलफलमा भाग लि“दै घोराही उपमहानगरपालिका दा ङ्गका प्रमुख नरूलाल चौधरीले सहकारी मैत्री भएमा जनताको मन जित्न सकिने रहेछ भन्दै समृद्धिका लागि स्थानीय, प्रदेश र संघीय सरकार एवं सहकारी संघ÷संस्थाहरूले सहकार्य गरेर जानुपर्ने वताउनु भएको छ ।

उपमहानगरपालिकाले १८४ वटा संस्थाका प्रतिनिधिहरूलाई वोलाएर अन्र्तक्रिया गरेको, एउटा कृषि सहकारीले नमुना फार्म संचालन गरेको, बचत तथा ऋणको अलवा सेवा, उत्पादन र वजारीकरणमा जान सकिने भन्दै कृषि पेशालाई सम्मानित पेशाका रूपमा लिनुपर्ने कुरामा जोड दिनु भयो । कृषि पेशालाई आफ्नै घरपरिवारका सदस्यले समेत अपहेलित गर्ने हु“दा हाम्रो खेतीयोग्य जमिन वा“झो रहेको, कृषि विषय पढने विधार्थीले समेत कृषि पेशा नभई जागीर खाने सोच राख्ने हु“दा हाम्रो सोच परिवर्तनका लागि समेत सहकारी संस्थाहरूले कृषि उत्पादन, प्रशोधन र वजारीकरणमा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

यसै गरी प्यानलिष्टका रूपमा छलफलमा भाग लिनुहुने ठाकुरवावा नगरपालिका, वर्दियाका प्रमुख श्री धननारायण श्रेष्ठले आफू सहकारीकर्मीहरूको मतले नगरपालिकामा निर्वाचित भएको कुरा वताउ“दै नगरपालिका भित्र ४७ वटा सहकारी संस्थाहरू रहेकोमा १० वटा प्रदेशको कार्यक्षेत्र भित्र परेको र ३७ वटा नगरपालिकाको कार्यक्षेत्र भित्र परेको हु“दा सो संस्थाहरूको प्रवद्र्धनका लागि अन्र्तक्रिया कार्यक्रमहरू सम्पन्न गरेको, वजेट छुट्टाएको, सहकारीमार्फत स्वरोजगार सिर्जनाका लागि कोष खडा गरेको कुरा वताउनुभयो ।

उक्त प्यानलिष्ट कार्यक्रममा रेसुड्डा नगरपालिकाले पारित गरेको सहकारी ऐनको दफा ३० उपदफा ५ मा सरकारी ढिकुटीबाट पारिश्रमिक पाउने जनप्रतिनिधि, निजामती कर्मचारी, शिक्षक, प्राध्यापक लगायत अन्य सरकारी कर्मचारी सहकारी संघ÷संस्थाको संचालक समितिमा रहन पाउने छैनन भन्ने प्रावधानको वारेमा समेत जनप्रतिनिधिहरू र सहकारीकर्मीहरूवीच व्यापक छलफल भएको थियो ।

सहकारी संघ÷संस्था नियमन गर्ने कार्यालयहरू सहकारी विभाग, पालिकाका सम्वन्धित कर्मचारी तथा कार्यकारी पदमा निर्वाचित प्रमुख तथा पदाधिकारीहरूले सहकारी संघ÷संस्थाको समितिमा रहदा आपसी स्वार्थ वाझिने हु“दा सो वाहेक अन्य कर्मचारी, शिक्षक, प्राध्यापक लगायत निर्वाचित प्रतिनिधिहरूलाई सहकारी संस्थाको समितिमा रोक लगाउनु संघीय ऐनसंग वाझिने र सहकारी अभियानको प्रवद्र्धनका लागि समेत उपयुक्त नभएको अधिकांश सहभागीहरूले जोड दिएका थिए । यसै क्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव वडालले सहकारीमार्फत नै समृद्धि ल्याउन सकिने हु“दा सहकारीको प्रवद्र्धनमा संकुचन ल्याउने कुनै पनि प्रावधान ऐन नियममा नराख्न एवं सवै स्थानीय तहका जनप्रतिनिधिहरूलाई सहकारी मैत्री वन्न आग्रह गर्नुभयो ।

प्यानल छलफलका अर्का सहभागी राप्ती गाउ“पालिका दाड्डका अध्यक्ष लुमाचन्द्र सुवेदीले आफ्नो पालिकाले सहकारी संस्थाहरूसंग हातेमालो गर्दै अघि वढने विचार व्यक्त गर्नुभयो भने प्यानलिष्ट सियारी गाउ“पालिका रूपन्देहीका उपाध्यक्ष रञ्जिता गुरूड्डले सहकारी संस्थाहरू आफै पनि सिर्जनशिल हुनुपर्ने गाउ“पालिकाको पा“चवटा वडामध्ये दुई र तीन कमजोर रहेको हु“दा उक्त वडाहरूको विकासका लागि आफूले वडा दुईमा सहकारीमार्फत दुग्ध व्यवसायको प्रवद्र्धन र वडा तीनमा आधुनिक केराको पकेट क्षेत्र घोषणा गरी अगाडि वढेको भन्नुभयो ।

सहकारीकर्मीहरूको तर्फबाट जिल्ला सहकारी संघ लि. बांकेका अध्यक्ष प्रेम सुवेदीले प्यानल छलफलमा सहकारी संघ÷संस्थाहरू वचत तथा ऋणमा केन्द्रीत भएको स्थानीय जनप्रतिनिधिहरूको भनाईमाथि आफ्नो विचार राख्दै पू“जी नभएमा केही नसकिने हु“दा सहकारी संघ÷संस्थाले सदस्यहरूसंग वचत तथा ऋणको कारोवार गर्नेपर्दछ तर त्यसका अलवा अन्य उत्पादन, वितरणमा जानुपर्ने भन्दै वैजनाथ गाउ“पालिकाले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि दुधका परिकारहरूको वजारीकरण, कृषि सम्वन्धी तालिम, संकलन र भण्डारणका लागि ढुवानीको व्यवस्था लगायतमा वजेट छुट्टाएको र सहकारीकर्मीहरूले पनि आवश्यक पहलकदमी गर्नुपर्ने वताउनुभयो ।

महासंघका का.मु. महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाड्डबाट संचालन भएको उक्त प्यानल छलफलका सहभागीहरूवीच व्यापक अन्र्तक्रिया हुनुका साथै रोमाञ्चक रूपमा कार्यक्रम सम्पन्न भएको थियो ।

share this post: