News & Events

Image

सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठी जनकपुरमा शुरु

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय तथा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यू.एन.डी.पी)को सहयोगमा राष्ट्रिय सहकारी महासंघले प्रदेश नं २ को लागि जनकपुरमा आयोजना गरेको “सहकारी क्षेत्रको प्रवद्र्घनमा प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीे” आज शुरु भएको छ । गोष्ठीको उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालज्यूले भूमिको अधिकतम उपयोग गरी उत्पादकत्व तथा उत्पादनमा वृद्घि गर्दे सहकारी मार्फत कार्यक्रम लागु गर्ने योजना मन्त्रालयले अघि वढाउन लागेको कुरा व्यक्त गर्नुभएको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता ग्रहण गरी रहनु भएको महासंघका अध्यक्ष तथा पूर्वमन्त्री केशव वडालले सहकारी अभियान सवल भएको ठाउमा वहुआयामिक गरिवीको दर कम भएको उल्लेख गर्दै प्रदेश नंं. २ लाई समृद्ध वनाउन सहकारी अभियानलाई सवल, सक्षम र दिगो वनाउनुपर्ने विचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै प्रदेश नं. २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र रायले प्रदेश नं. २ को उर्वर भूमिलाई सहकारी खेतीमार्फत गरिवी न्यूनीकरणका लागि प्रदेश सरकार लागिपरेको विचार व्यक्त गर्नुभयो । उद्घाटन शत्रमै संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम यू.एन.डी.पी. का कन्ट्रि डाईरेक्टर रिनाउड मेयरले संयुक्त राष्ट्रसंघ कोही पनि पछाडी नपरुन् भन्नेमा सचेत रहेको र सहकारी मार्फत उक्त अभियानलाई अघि वढाउन सकिनेमा आफू विश्वस्त रहेको विचार व्यक्त गर्नुभयो । उक्त अवसरमा राष्ट्रिय सहकारी महासंघ तथा यू.एन.डी.पी विच सहकारी मार्फत दिगो विकास लक्ष्य प्राप्तिको लागि संयुक्त रुपमा कार्य गर्ने सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यसवाट सन् २०३० संम्म दिगो विकास लक्ष्य प्राप्तीमा संयुक्त रुपमा कार्यगर्न मार्गप्रसस्त भएको छ । यस्तैगरी प्रदेश नं २ नीति तथा योजना आयोगका उपाध्यक्ष हरिवंश झाले प्रदेश नं २ को योजना निर्माण गर्दा सहकारी प्राथमिकतामा परेको तथ्य उल्लेख गर्दे सामुहिक खेतीमा प्रविधिको प्रयोग गरी सहकारी वजार विकास प्रणालीलाई व्यवस्थित गरिने वताउनु भयो । उद्घाटन शत्रमा वोल्दै जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर शाहले सहकारी मार्फत आर्थिक सामाजिक विकासका कार्य गर्न सकिने कुरा व्यक्त गर्दे स्थानीय तह सहकारीसंंग सहकार्य गर्न तयार रहेको वताउनुभयो । शत्रलाई सम्वोधन गर्दे राष्ट्रिय सकारी महासंघका उपाध्यक्ष तथा आई.सि.ए. ग्लोवल वोर्ड मेम्वर ओमदेवी मल्लज्यूले दिगो विकास लक्ष्य प्राप्तीमा सहकारीले सकारात्मक भूमिका खेल्दै आएको र आगामी दिनमा पनि अझ सक्रिय रहने कुरा व्यक्त गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय सहकारी महासंघका संचालक रामचन्द्र सिंह कुसवाहा तथा धन्यवाद मन्तव्य संचालक रमेश प्रसाद पोखरेलज्यूले राख्नुभएको थियो । शत्र संचालन राष्ट्रिय सहकारी महासंघका कामु महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाज्यूले संचालन गर्नुभएको थियो ।
प्रदेश नं २ का आठ जिल्लाहरुवाट २०६ जना भन्दा वढी प्रदेश तथा स्थानीय तहका प्रतिनिधिका साथै जिल्ला स्तरीय सहकारी संघका अध्यक्षहरुको सहभागिता रहेको छ । गोष्ठीमा ३ वटा कार्यपत्र प्रस्तुत र प्यानल छलफल गर्ने कार्यक्रम समेत रहेको जानकारी महासंघका कार्यक्रम अधिकृत सुरेश थापाले जानकारी दिनुभयो । गोष्ठीको स्थानीय संयोजन राष्ट्रिय सहकारी बैंकका संचालक धु्व नारायण यादवले गर्नुभएको थियो ।

share this post: